८ भाद्र २०८३, सोमबार
Header

हिमताल फुट्दा रसुवामा बाढी आएको निष्कर्ष


प्रकाशित: विहिवार, २६ असार २०८२, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष प्रस्तुत गरेको छ ।


विभागका बाढीविद् विनोद पराजुलीका अनुसार, सुप्राग्लेशियल ताल फुटेर बाढी उत्पन्न भएको प्रारम्भिक अनुमान गरिएको छ ।


प्रारम्भिक अध्ययनमा, ‘सेन्टिनेल’ उपग्रहबाट गरिएको अन्वेषणमा उक्त हिमतालको क्षेत्रफलमा उल्लेखनीय परिवर्तन देखिएको र त्यस कारण बाढी आएको अनुमान गरिएको छ । यस बारे थप स्थलगत प्रतिवेदन चीनबाट प्राप्त गर्न सकिने अपेक्षा गरिएको छ ।


पराजुलीले भने, ‘हिमताल फुटेको कारण पानी निकास भएको देखिन्छ, जसका कारण तालको क्षेत्रफल घटेको छ र त्यसको प्रभाव तलको क्षेत्रमा परेको देखिन्छ । 


अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरुले पनि पुष्टि गरेका छन कि चीन–नेपाल सीमामा रहेको ल्हेन्दे खोलामा बनेको सुप्राग्लेशियल ताल फुटेर रसुवामा बाढी आएको हो । 


अहिले पनि जल तथा मौसम विज्ञान विभागले यस घटनामा थप अध्ययन जारी राखिरहेको छ र भविष्यमा भू–उपग्रहबाट प्राप्त हुने अन्य तस्बिरहरूले घटनालाई थप स्पष्टता दिने अपेक्षा गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex