२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

थापाथलीको पुलमुनी एक पुरुष मृत फेला


प्रकाशित: बुधवार, २५ असार २०८२, १३ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको थापाथलीस्थित पुलमुनी एक पुरुषको शव फेला परेको छ । 


काठमाडौं महानगरपालिका–११ स्थित पुलमुनी मंगलबार बिहान सुकुमबासी बस्ती नजिकै उक्त शव भेटिएको थियो ।


मृतक मकवानपुर जिल्लाको बकैया गाउँपालिका–३ स्थायी घर भई हाल थापाथलीकै सुकुमबासी बस्तीमा बस्दै आएका ३५ वर्षीय हरि राई रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । 


प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । 


प्रारम्भिक रूपमा घटनाबारे विस्तृत विवरण नआएको भए पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex