८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौं, ललितपुर लगायतको जिल्लामा आकस्मिक बाढीको सम्भावना 


प्रकाशित: बुधवार, २५ असार २०८२, १३ः१० बजे
- महानगरखबर

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ । 


विभागका अनुसार मुलुकका विभिन्न प्रदेशमा निरन्तर वर्षाका कारण साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने देखिएको छ ।


महाशाखाका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएको छ । 


साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ ।


आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । मौसमको यही प्रवृत्तिका कारण धेरै जिल्लाहरूमा बाढीको जोखिम रहेको विभागको भनाइ छ ।


उल्लेखनीय जोखिम भएका जिल्ला


सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, पर्सा, दोलखा, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, गुल्मी, प्यूठान, अर्घाखाँची, रुपन्देही लगायतका जिल्लामा बहने स–साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ ।


बिहीबार र शुक्रबार पनि खतरा कायमै


बाढी पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश हुँदै बहने स–साना नदीहरूमा आकस्मिक बहाव वृद्धि हुने सम्भावना रहेको जनाएको छ ।


साना नदी आसपासका बस्ती, कृषि, पर्यटन र निर्माणसम्बन्धी क्रियाकलापमा संलग्न सबैलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex