१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

साउन १ गतेदेखि आठ जटिल रोगमा दुई लाखसम्म बीमा रकम दिने


प्रकाशित: बुधवार, २५ असार २०८२, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब आठ जटिल रोगको उपचारका लागि दोब्बर सहायता पाउने घोषणा गरेका छन ।


अबदेखि क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर रोगबाट पीडितले हाल उपलब्ध एक लाखको उपचार सहयोगमा थप एक लाख गरी दुई लाख रुपैयाँसम्म उपचार खर्च पाउनेछन ।


मन्त्री पौडेलले मंगलबार जानकारी दिँदै भने, ूकडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकलाई राहत दिने उद्देश्यले साउन १ गतेदेखि यो नयाँ व्यवस्था लागू हुनेछ ।


यसअघि मन्त्री पौडेलले बिमित व्यक्तिले आफैं बसेको ठाउँबाटै सेवा लिन मिल्ने व्यवस्था गर्दै बीमा पहुँच विस्तार गर्ने नीतिगत निर्णयसमेत गरिसकेका थिए ।


बीमा बोर्डको निर्णय र कार्यान्वयन


स्वास्थ्य बीमा बोर्डको मंगलबार बसेको बैठकले मन्त्रीको घोषणाअनुसार आठ रोगका बिरामीलाई दुई लाख रुपैयाँसम्मको उपचार सुविधा दिने निर्णय गरेको हो । कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी दिँदै भने, साउन १ गतेदेखि यो निर्णय लागू हुनेछ ।


यसअघि बोर्डले अनियमित रूपमा भुक्तानी माग गर्ने केही अस्पतालहरूमाथि कारबाहीसमेत गरिसकेको छ र प्रणाली सुधारमार्फत निगरानी बढाउने कार्य जारी छ ।


बीमा कोषको आय स्रोत सुदृढ गर्ने तयारी


मन्त्री पौडेलले बीमा कोषको आम्दानी वृद्धि गर्न सङ्गठित क्षेत्रका कर्मचारी, वैदेशिक रोजगारमा गएकाहरू र उनीहरूका परिवारलाई बीमामा आबद्ध गराउने नीति अघि सारेका छन ।


त्यस्तै संघीय अस्पताल विकास समितिको आम्दानीको १५ भाग बीमा कोषमा पठाउने निर्णय पनि गरेका छन । 


बिमा बोर्डको बक्यौता रकम बजेटमार्फत शून्यमा झार्ने सरकारी घोषणाले बीमा सेवामा थप स्थायित्व ल्याउने विश्वास लिइएको छ ।

 
प्रगतिशील कर प्रणालीमार्फत बीमा कोषमा आउने आम्दानी बढाउने मन्त्री पौडेलको अर्को घोषणा हो ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex