काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्म १५ खर्ब ३२ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा १३ खर्ब २७ अर्ब रहेको थियो । यस आधारमा रेमिटेन्स वृद्धिदर १५.४७५ प्रतिशत पुगेको छ ।
जेठ महिनामा मात्र १ खर्ब ७६ अर्ब रेमिटेन्स आएको छ । लगातार २८ महिनादेखि हरेक महिना १ खर्बभन्दा बढी रेमिटेन्स भित्रिएको छ ।
तर, विदेशतर्फ पैसा बाहिरिने दरसमेत उच्च हुँदै गएको देखिएको छ । यो वर्ष ९ अर्ब ६२ करोड रुपैयाँ बाहिरिएको छ भने अघिल्लो वर्ष ५ अर्ब ७८ करोड मात्र थियो ।
त्यस्तै, वैदेशिक रोजगारमा जाने कामदारको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
११ महिनामा ७ लाख ६० हजार जनाले श्रम स्वीकृति लिएका छन, जुन अघिल्लो वर्षको सोही अवधिको ६ लाख ८२ हजार को तुलनामा ११.४०५ प्रतिशतले बढी हो ।
Categorized in बैंक