काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत बागबजारस्थित पद्मकन्या क्याम्पस (पिके क्याम्पस) को पर्खालमा कोरिएका चित्रहरुले स्थानीय कला, संस्कृति र परम्पराको सुन्दर झलक प्रस्तुत गरेका छन्।
सार्वजनिक स्थलहरूको सौन्दर्य अभिवृद्धि गर्नुका साथै सांस्कृतिक चेतना फैलाउने उद्देश्यले महानगरपालिकाले विभिन्न ठाउँमा यस्ता चित्र कोर्न थालेको हो। पर्खालमा कोरिएका चित्रमा काठमाडौंको परम्परागत वास्तुकला, जात्राहरु, लोकसंस्कृति, हस्तकलाका रूपहरु, र ऐतिहासिक सम्पदाको झलक देख्न सकिन्छ।

स्थानीय कलाकारहरुको संयोजनमा तयार पारिएको यो वाल आर्टले न केवल स्थानको सौन्दर्य बढाएको छ, बरु सर्वसाधारणमा मौलिक पहिचान र स्थानीयपनप्रति गर्व पनि थपेको छ।
पद्मकन्या क्याम्पस नजिकैको बाटो भएर हिँड्ने पैदल यात्रु र विद्यार्थीहरुका लागि पनि यी चित्रहरुले सांस्कृतिक सन्देश दिने कार्य गरिरहेका छन्।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति