काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. २७ को अगुवाइमा कमलाक्षी मूल सडक प्रवेशद्वारमा प्रतिस्थापित ढुङ्गाको सिंह मूर्तिको समुद्घाटन गरिएको छ ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहा (बालेन)ले शनिवार एक कार्यक्रमविच सिंहको मुर्तिको उद्घाटन गरेका हुन ।
यस अवसरमा महानगर प्रमुख बालेनले भोटाहिटी फल्चा, असन क्षेत्र, नारायण मन्दिर, गणेश मन्दिर, इताचपा, लगायतका संरचनाको निरीक्षण गर्दै, ढुङ्गा छाप्ने कार्यको प्रगतिको वडा अध्यक्ष योगेश कुमार खड्गीसँगै अवलोकन गरे ।
कार्यक्रममा वडा सदस्यहरू, स्थानीय समाजसेवी, बासिन्दा तथा संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
वडाले सांस्कृतिक संरक्षण र पूर्वाधार निर्माणमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।
Categorized in वडा