४ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौ– २७ वडामा "एक वडा, एक नमुना" कार्यक्रमअन्तर्गत मुकुन्डो सीप तालिम सम्पन्न


प्रकाशित: शुक्रवार, २० असार २०८२, १३ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं काठमाडौं महानगरपालिका सामाजिक विकास विभागद्वारा सञ्चालित “एक वडा, एक नमुना” कार्यक्रम अन्तर्गत वडा नं. २७ मा परम्परागत नेपाली कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले “माटोको मुकुन्डो बनाउने सीप विकास तालिम” सफलतापूर्वक सम्पन्न गरिएको छ।


महानगरपालिकाको यो पहलले स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउने, उद्यमशीलताको मार्गमा प्रेरित गर्ने तथा मौलिक नेपाली हस्तकलालाई आधुनिक बजारसँग जोड्ने लक्ष्य लिएको छ।


तालिममा सहभागी महिला दिदीबहिनीहरूले तालिम पश्चात हस्तकला कम्पनी समेत दर्ता गरिसकेका छन्। निकट भविष्यमा उनीहरूले उत्पादन गरेका कलात्मक मुकुन्डाहरू बजारमा उपलब्ध हुने बताइएको छ।


समापन समारोह


कार्यक्रमको समापन वडा नं. २७ का अध्यक्ष श्री योगेश कुमार खड्गीको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा वडा सदस्यज्यूहरू, सामाजिक विकास विभागका प्रमुख, प्रशिक्षक तथा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


समापन अवसरमा सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो।


सशक्त महिला, सक्षम समाज


वडा नं. २७ का दिदीबहिनीहरूलाई यस्ता सीपमूलक तालिमहरूमा सक्रिय सहभागिताका लागि वडाबाट अपिल गरिएको छ।

 


“तपाईंहरूको सशक्त सहभागिताले हाम्रो समाजलाई अझ बढी सक्षम, सशक्त र आत्मनिर्भर बनाउनेछ,” वडा अध्यक्ष खड्गीले बताए।


वडाको तर्फबाट सम्पूर्ण सहभागी, प्रशिक्षक, सहकार्य संस्थाहरू तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex