११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अमेरिकामा अग्निनियन्त्रकमाथि स्नाइपर हमला, दुईको मृत्यु


प्रकाशित: सोमवार, १६ जेठ २०८२, ०९ः५३ बजे
- महानगरखवर

काठमाडौं । अमेरिकाको इदाहो राज्यस्थित क्यानफिल्ड पहाडमा लागेको डढेलो नियन्त्रण गर्न पुगेको अग्निनियन्त्रक टोलीमाथि अज्ञात हतियारधारी समूहले आक्रमण गरेको छ । 


आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । 


सीएनएनका अनुसार आइतबार स्थानीय समयअनुसार दिउँसो १ः३० बजे उक्त घटना भएको हो ।  जंगलबाट स्नाइपरले गोली चलाएको प्रारम्भिक रिपोर्ट आएको छ ।


अझै नियन्त्रणमा छैन आक्रमणकारी


प्रहरीका अनुसार आक्रमणकारीहरू अझै पनि नियन्त्रणमा आएका छैनन्। ठूलो संख्यामा सुरक्षाकर्मी, एफबिआइ टोली तथा हेलिकप्टर परिचालन गरिएको छ तर डढेलोबाट उत्पन्न धुवाँका कारण खोजी अभियानमा कठिनाइ भइरहेको छ ।


सतर्कता अपील


प्रसिद्ध हाइकिङ गन्तव्य भएको उक्त क्षेत्रको आसपासमा रहेका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ । 


आक्रमणकारीको संख्याबारे ठोस जानकारी नभए पनि कम्तीमा तीनदेखि चार जना स्नाइपर भएको अनुमान गरिएको छ ।


आत्मसमर्पणको अवस्था नदेखिएकोले केही दिनसम्म अपरेसन चल्न सक्ने बताएका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex