८ भाद्र २०८३, सोमबार
Header

१२ जिल्ला भारी वर्षाबाट उच्च जोखिममा, सतर्कता रहन आग्रह


प्रकाशित: आइतवार, १५ असार २०८२, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्लालाई भारी वर्षाबाट उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा आज आइतबार र भोलि सोमबारसम्म अति भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो।


उच्च जोखिममा रहेका १२ जिल्ला


सुदूरपश्चिम प्रदेशस् बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर


कर्णाली प्रदेशस् सुर्खेत, दैलेख, सल्यान


लुम्बिनी प्रदेशस् बाँके, बर्दिया, दाङ


पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बागलुङ र कैलालीका केही ठाउँमा भारी वर्षा भइसकेको जनाइएको छ । अहिले देशभर सामान्यदेखि मध्यम बदली रहेको र कतिपय स्थानमा वर्षा भइरहेको जानकारी विभागले दिएको छ ।


सोमबार बिहानसम्म थप वर्षाको पूर्वानुमान


प्राधिकरणका अनुसार असार १६ सोमबार बिहानसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ ।

 
अन्य प्रदेशका उच्च पहाडी क्षेत्रमा समेत केही स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex