१३ आश्विन २०८३, मंगलबार
Header

ललितपुरको ठुलादुर्लुङमा बाढीले बगाउँदा सवइञ्जिनियरको मृत्यु


प्रकाशित: विहिवार, १२ असार २०८२, ०९ः१० बजे
- महानगरखबर

ललितपुर । ललितपुरको महाँकाल गाउँपालिका–६ स्थित ठुलादुर्लुङमा बुधबार साँझ आएको बाढीले एक सवइञ्जिनियरको ज्यान लिएको छ । 


भर्याङखोल्सामा आएको आकस्मिक बाढीले बगाउँदा २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो । 


मृतक दाहाल महाँकाल गाउँपालिका–४ कालेश्वर स्थायी घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धीमा बस्दै आएका थिए । उनी हाल महाँकाल गाउँपालिकामै कार्यरत सवइञ्जिनियर हुन ।

 
गाउँपालिका अध्यक्ष विनोद चौलागाईंका अनुसार साँझ करिब ७ः३० बजेतिर बाढी आएको थियो । बाढीले बगाएको खबरपछि खोजी गर्दा राति करिब १० बजेतिर शव फेला पारेका हौँ, अध्यक्ष चौलागाईंले जानकारी दिए । 


उनका अनुसार घटनास्थल आसपासका सडकसमेत अवरुद्ध छन र उद्धार तथा शव व्यवस्थापनका लागि नेपाली सेनाको हेलिकप्टरसमेत माग गरिएको छ ।


हाल घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय स्वयंसेवक परिचालन गरिएको छ भने बाढीका कारण थप क्षति भए–नभएकोबारे विवरण संकलन कार्य भइरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex