८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

नेपाल वायुसेवामा जागिरको अवसर, ४४ जना कर्मचारी माग


प्रकाशित: विहिवार, ५ असार २०८२, १२ः५० बजे
- महानगरखवर

काठमाडौँ ।  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले प्राविधिक समूह अन्तर्गत पाँचौं, चौथो र तेस्रो तहका लागि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

 
निगमले बिहीबार सूचना जारी गर्दै ४४ जना कर्मचारी माग गरेको हो।


निगमले वरिष्ठ प्राविधिक पदमा ११ जना, प्राविधिक पदमा १३ जना र जुनियर ग्राउन्ड इक्विप्मेन्ट अपरेटर पदमा २० जना कर्मचारी माग गरेको छ । 


यसमा इच्छुक योग्य नेपाली नागरिकलाई आवेदन दिनको लागि समयसीमा असार १९ गतेसम्म तोकिएको छ ।


उमेर र योग्यताको शर्त


आवेदन गर्नका लागि उमेर हद १८ वर्ष पूरा भएको र ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाहरुको लागि यो उमेर हद ४० वर्षसम्म छ । 


यसैगरी, इच्छुक उम्मेदवारले निर्धारित योग्यताका आधारमा आवेदन दिन सक्नेछन् । निगमले आवेदकहरूबाट आवश्यक कागजातको प्रमाण सहित आवेदन दर्ता गर्ने प्रक्रिया पनि सुरु गरेको छ ।


कर्मचारी माग सुचनाः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex