८ भाद्र २०८३, सोमबार
Header

८औं राष्ट्रव्यापी टिकाभैरव सो-क्योकुसिन तथा दोस्रो इन्डो-नेपाल कराँते प्रतियोगिता सुरु हुँदै


प्रकाशित: बुधवार, ४ असार २०८२, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । टिकाभैरव डोजोको आयोजनामा आठौं राष्ट्रव्यापी सो–क्योकुसिन तथा दोस्रो इन्डो–नेपाल फुल–कन्ट्याक्ट कराँते प्रतियोगिता २०८२ असार ६ गतेदेखि सुरु हुँदैछ।


डोजोका प्रमुख दिनेश नगरकोटीका अनुसार प्रतियोगिताको उद्घाटन गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गर्नेछन्।


प्रतियोगितामा पुरुष तर्फ २५ के.जी. देखि ६० के.जी. हुँदै खुल्ला तौल समूहसम्म तथा महिलातर्फ ३०, ३५, ४० के.जी. हुँदै खुल्ला तौल समूहसम्मका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।


समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन रहनेछन्।


प्रतियोगितामा खुल्ला तौल समूहमा प्रथम हुने खेलाडीलाई नगद रु १०,०००, दोस्रोलाई रु ५,००० र तेस्रो तथा चौथो हुनेलाई समानरुपमा रु २,५०० प्रदान गरिनेछ।


त्यस्तै, सीनियर तौल समूहतर्फ प्रथम हुनेले रु ८,०००, दोस्रोले रु ४,००० र तेस्रो तथा चौथो हुनेले रु २,००० पाउनेछन्।


जुनियर तौल समूहतर्फ प्रथम हुने खेलाडीलाई रु ४,०००, दोस्रोलाई रु २,००० तथा तेस्रो र चौथो हुनेलाई रु १,५०० का दरले नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

asteriskhubs
Home Page Bottom Second


maharjan complex