काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छुट दिने आदेश दिएको छ।
न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई मंगलबार धरौटीमा छाड्ने निर्णय गरेको हो। उनी मंगलबार बिहान काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए।
मिश्रलाई चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी हिंसात्मक प्रदर्शनको सिलसिलामा जेठ ११ गते मुद्दा दायर गरिएपछि पक्राउ गरिएको थियो। उनी ’संयुक्त जनआन्दोलन समिति’ का सदस्य सचिवसमेत थिए।
हालसम्म ५० जनाविरूद्ध राज्यविरूद्धको कसुरमा मुद्दा दायर गरिएको छ, जसमा ३९ जना अदालतमा उपस्थित भएका छन्।
Categorized in राष्ट्रिय