काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा मंगलबार बिहान हाजिर भएका छन्।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार मिश्रको आजै बयान तथा थुनछेक प्रक्रिया हुनेछ।
उनको बयान जिल्ला अदालत काठमाडौंकी न्यायाधीश तारादेवी महर्जनको इजलासमा सुरु गरिएको हो।
‘उहाँ हाजिर भएर अहिले बयान र थुनछेक हुँदैछ,’ सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
यसअघि मिश्रविरुद्ध मुद्दा दर्ता भएसँगै उनलाई अदालतमा उपस्थित हुन समन जारी गरिएको थियो।
अदालतमा हाजिर भएपछि अब उनको बयानको आधारमा थुनछेक सम्बन्धी निर्णय हुनेछ।
Categorized in राष्ट्रिय