८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पत्रकार पाठकको रिटमाथि उच्च अदालत पाटनमा पेसी तोकियो


प्रकाशित: सोमवार, २ असार २०८२, १२ः४० बजे
- महानगरखबर

काठमाडौं ।  पत्रकार दिलभूषण पाठकले पक्राउ पुर्जीविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन्।


उक्त रिटको पेसी आज तोकिएको छ भने न्यायाधीश ऋषिराज भण्डारीको इजलासले सुनुवाइ गर्ने तयारीमा छ।


जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी पाठकलाई समात्न खोजेको थियो। पाठकमाथि लागेको मुद्दा ‘टफ टक’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको एक भिडिओसँग सम्बन्धित छ, जसमा हिल्टन होटल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई जोडिएको छ।


भिडिओ सार्वजनिक भएपछि विरोध र उजुरी परेका कारण प्रहरीले जिल्ला अदालतको आदेश लिएर पक्राउ पुर्जी जारी गरेको थियो। 


पत्रकार पाठकले यस विषयमा कानूनी लडाई जारी राखेका छन् र उच्च अदालत पाटनबाट न्याय खोज्ने प्रक्रिया अगाडि बढाएका छन्। अदालतको निर्णय पर्खिरहेका पाठकले प्रेस स्वतन्त्रताको संरक्षणको पक्षमा रहेको बताउँदै आएका छन्।

asteriskhubs
Home Page Bottom Second


maharjan complex