१० भाद्र २०८३, बुधबार
Header

राप्रपा नेता धवलशम्शेर राणा अदालतमा उपस्थित, रविन्द्र मिश्र अझै सम्पर्कबाहिर


प्रकाशित: सोमवार, २ असार २०८२, १२ः०५ बजे
- महानगरखबर

काठमाडौं  । राप्रपाका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा सोमबार बिहान आफैं उपस्थित भएका छन्।


राणा अदालत पुगेलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ।


अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार राणाको बयानपछि बहस हुनेछ र त्यसपछि थुनछेकसम्बन्धी आदेश जारी हुनेछ।


यसैबीच, सोही प्रकरणमा अर्का आरोपी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै सम्पर्कमा आएका छैनन्। 


गत चैत १५ गते तीनकुनेमा राजावादीहरुले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउने प्रयासमा संलग्न भएको आरोपमा मिश्र र राणामाथि मुद्दा चलाइएको हो। दुवै जना यसअघि हाजिरी जमानीमा छुटेका थिए।


प्रदर्शनमा मुख्य भूमिका खेलेका दुर्गा प्रसाईं सहित ७ जना भने हाल पुर्पक्षका लागि थुनामा रहेका छन्।

asteriskhubs
Home Page Bottom Second


maharjan complex