काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरवासीका लागि विशेष मानसिक स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार सञ्चालन गरिने यस सेवामा विभिन्न मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका नागरिकहरूले लाभ लिन सक्नेछन्।
महानगरपालिकाको स्वास्थ्य विभागले सार्वजनिक गरेको सूचनामा सेवाको मिति, स्थान र समय समेत उल्लेख गरिएको छ।
शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र–११, ववरमहल
मिति : २०८२ असार महिनादेखि प्रत्येक आइतबार र बुधबार, समय : बिहान १०:०० बजेबाट बिहान १२:०० बजेसम्म
यस सेवामा उपचार तथा परामर्श अन्तर्गत एन्जाइटी (Anxiety), डिप्रेसन (Depression), लागू पदार्थको दुरुपयोग र अन्य मनोसामाजिक समस्याहरूको उपचार गरिने जनाइएको छ।
महानगरपालिकाले सम्पूर्ण नगरवासीहरूलाई समयमै सेवा लिन अनुरोध गरेको छ।
Categorized in स्वास्थ्य