काठमाडौं । हाल केही सञ्चारमाध्यममा नेपाल बैंक लिमिटेडबाट आ.व. २०७४/७५ मा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ हराएको भनी प्रकाशित समाचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
बैंकले जेठ २८ गते बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता समाचार भ्रामक, तथ्यहीन र भ्रामक प्रकृतिको भएको स्पष्ट पारेको छ ।
बैंकले राष्ट्र बैंकको निर्देशन र विद्यमान नेपाल कानुन बमोजिम आन्तरिक लेखापरीक्षण, नियामक निकायहरुको लेखापरीक्षण तथा वार्षिक लेखापरीक्षण गराई सार्वजनिक गर्ने गरेको जानकारी दिएको छ ।
बैंकले यस्ता भ्रामक समाचारमा विश्वास नगर्न सबैमा अनुरोध गरेको छ ।
प्रेस विज्ञप्तिमा बैंकले विगतदेखि नै नियामक निकायको नीति तथा निर्देशनहरु पूर्ण पालना गर्दै आएको उल्लेख गरिएको छ ।
साथै बैंकले नेपाल सरकार, ग्राहकवर्ग, नियामक निकायलगायत सबै सरोकारवालामा विश्वास कायम रहोस् भन्ने चाहना व्यक्त गरेको छ ।
बैंकको प्रमुख कार्यालय, धर्मपथ, काठमाडौंबाट बुधवार जारी विज्ञप्तिमा यस्तो भनिएको हो ।
विज्ञप्तीः

Categorized in बैंक