११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अमेरिकाको लस एन्जलसमा कफ्र्यू आदेश, ट्रम्पको आप्रवासी नीति विरुद्ध प्रदर्शन उग्र


प्रकाशित: बुधवार, २८ जेठ २०८२, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलस सहरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी नीतिविरुद्ध प्रदर्शन उग्र भएपछि कफ्र्यू आदेश जारी गरिएको छ ।


लस एन्जलसको डाउनटाउन क्षेत्रमा प्रदर्शनकारीहरूले आइसिई र डिटेन्सन सेन्टर अगाडि प्रदर्शन गर्दा गाडी जलाउने र सडकमा ढुंगामुढा गर्ने घटना भएपछि मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कफ्र्यू लागु गरिएको हो । 


मंगलबार मात्रै २०० भन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेका छन्। प्रदर्शन बढ्दै जाँदा ट्रम्प प्रशासनले सुरुमा नेशनल गार्ड र पछि सेना र नौसेना समेत परिचालन गरेको छ ।


ट्रम्प प्रशासनले कार्यस्थलहरूमा छापा मारेर आप्रवासीहरू पक्रिन थालेपछि क्यालिफोर्नियाको लस एन्जलस लगायतका सहरहरूमा प्रदर्शन शुरु भएका थिए । 


गभर्नर ग्याभिन न्यूसमसँग सल्लाह नगरी ट्रम्पले नेशनल गार्ड परिचालन गरेको भन्दै न्यूसमले संघीय अदालतमा मुद्दा दायर गरेका छन्।


यसैबीच, ट्रम्पले गभर्नर न्यूसमलाई गिरफ्तार गर्नुपर्ने धारणा राखेका छन । ट्रम्पले प्रयोग गरेको कानूनी आधारमा राष्ट्रपति आपतकालीन अवस्थामा नेशनल गार्ड परिचालन गर्न सक्ने भए पनि राज्य गभर्नरमार्फत आदेश जानुपर्ने कानूनी व्यवस्था छ ।


यसअघि, मे २०२० मा जर्ज फ्लोयडको हत्यापछि भएका प्रदर्शनमा ट्रम्पले सेना परिचालन नगरेका भए पनि दोस्रो कार्यकालमा भने आप्रवासी नीति कार्यान्वयन गर्न सेना र नेशनल गार्ड परिचालन गरेका छन्।

asteriskhubs
Home Page Bottom Second


maharjan complex