१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

अमेरिकबाट डिपोर्ट भएका धेरै नेपालीहरु आज काठमाडौं आइपुुग्ने


प्रकाशित: आइतवार, २५ जेठ २०८२, १३ः१० बजे
- महानगरखबर

काठमाडौं । अमेरिकाले एकैपटकमा धेरै नेपालीलाई डिपोर्ट गरेपछि आज आइतबार चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएर छाडिदैछ । 


त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेका अनुसार डिपोर्ट गरिएका नेपाली लिएर दिउँसो ४ः४५ बजे विमान त्रिभुवन विमानस्थल अवतरण गर्ने भएको छ ।


प्रवक्ता न्यौपानेले यसअघि पाँच/सात जनालाई डिपोर्ट गरिए पनि योपटकको संख्या ठूलो रहेको बताएका छन्।


नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले ४८ जना नेपालीहरू डिपोर्ट भएर फर्किन लागेको जानकारी प्राप्त भएको बताए।


त्यसरी डिपोर्ट गरिएकाहरुलाई अध्यागमनले नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाउँछ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex