काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको मनसास पार्क सहरको एउटा घरमा चार जना नेपाली मृत भेटिएका छन ।
विहिवार उनीहरु मृत अवस्थामा भेटिएको स्थानीय सञ्चारमाध्यम एनबिसीवाशिङ्टन डटकमले जनाएको छ ।
उनीहरू चारै जना गोली लागेको अवस्थामा मृत भेटिएको प्रहरीलाई उद्धृत गर्दै एनबिसी वाशिङ्टनले लेखेको छ ।
प्रहरीले मृतकमध्ये महिला र पुरूषको नाम पनि खुलाएको छ । उनीहरू सन्तोष परियार र अन्जु श्रेष्ठ रहेको भनिएका छन ।
मृतक २ बालबालिकाको नाम भने प्रहरीले खुलाएको छैन । उनीहरू ८ वर्षीया बालिका र दुई वर्षको एक बालक छन ।
घटना हत्यापछि आत्महत्या हुनसक्ने आकलन प्रहरीले गरेको छ ।
‘यो हत्यापछि आत्महत्या हुनसक्ने अनुमान छ। यसबारे अनुसन्धान भइरहेको छ,’ घटनापछि मनसास प्रहरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
घटना भएको क्षेत्रमा अरू नेपालीहरू पनि बसोबास गरेको र उनीहरूसँग पनि प्रहरीले सोधपुछ गरिरहेको एनबिसीवाशिङ्टनले जनाएको छ ।
उनीहरू मनसास पार्कको त्यो घरको भुइँतलामा बस्दै आएका थिए ।
Categorized in अन्तर्राष्ट्रिय