९ भाद्र २०८३, मंगलबार
Header

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, सांसद पद पनि निलम्बन


प्रकाशित: विहिवार, २२ जेठ २०८२, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । 


अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री नेपालविरुद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 


भ्रष्टाचार मुद्दा दायरसँगै सांसद नेपालको पद स्वतः निलम्बनमा परेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार राष्ट्रसेवकलाई भ्रष्टाचार मुद्दा लागेमा मुद्दा किनारा नलागेसम्म स्वतस् निलम्बनमा रहने व्यवस्था छ ।


अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरिएको छ । अध्यक्ष नेपालसहित अख्तियारले ९३ जनाविरूद्ध मुद्दा दायर गरेको हो । 


काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपाल सहितको बयान लिएको थियो । 


२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो ।  


तर पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex