१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

ललितपुरमा बिजुलीको पोलले लागेर एक स्थानीयको मृत्यु


प्रकाशित: बुधवार, २१ जेठ २०८२, १५ः३० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर गोदावरी नगरपालिकाको थैबबाट सानागाउँ जाने बाटो बनाउँदा जेसीबीले पोल उठाउँदा सो बिजुलीको पोलले लागेर स्थानीय रमेश खड्गीको मृत्यु भएको छ । 


प्रहरीका अनुसार डोजरले बाटो खन्ने क्रममा पोल सार्दा पोल ढलेर लाग्दा उनको मृत्यु भएको हो । ५५ वर्षीय खड्गी पोलले लागेर घाइते भएपछि अस्पताल लगिएको थियो । 


तर उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन । 


प्र . ३–०१ ००३ क ६७४२ नम्बरको जेसिपिले विद्युतको पोल अडाउने र सार्ने काम गर्ने क्रममा ढलेको थियो ।


उनको मृत्यु भएपछि स्थानीयहरूले सो क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex