८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

चिरिबाबु महर्जनको चीन भ्रमण स्वीकृतसँगै मन्त्रिपरिषद बैठकले गरी यी १४ निर्णयहरु


प्रकाशित: बुधवार, २१ जेठ २०८२, १५ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकका विभिन्न निर्णयहरु सार्वजनिक गरिएको छ । 


बुधवार सरकारका प्रवक्ता तथा सुचना तथा संचार तथा सुचना प्रविधिमन्त्री पृथ्वीुसुव्वा गुरुङले बैठकले गरेका १४ निर्णयहरुबारे जानकारी दिएका छन । 


मन्त्री गुरुङका अनुसार बैठकले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 


२०८२ जेठ २८ गतेदेखि ३० गतेसम्म जनवादी गणतन्त्र चीनको बेइजिङमा आयोजना हुने बेइजिङ सिबिडी मल्टीनेशनल इन्टरप्राइसेस कन्फ्रेन्स एण्ड एशियन मेयर्स फोरममा प्रमुख महर्जन सहभागी हुन जान लागेका हुन । 


हेरौं थप निर्णयहरुः 


१. नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यसहितको राजश्व र व्ययको अनुमान संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।

 
२. आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, आर्थिक वर्ष २०८२/८३ को लागि नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, सामयिक कर असुल ऐन, २०१२ को दफा ३ बमोजिमको सूचित आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने ।


३. नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक सिद्धिविक्रम शाहलाई बढुवा गर्ने।


४. सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।


५. भन्सार महसुल ऐन, २०८१ को दफा १३ को उपदफा (९) बमोजिमको सूचना जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्ग गरी प्रकाशन गर्ने विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने।


६. नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने, दशजना महासेनानीहरूको सरुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने।


७. हुलाक सेवासम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।


८. गोरखापत्र संस्थानसम्बन्धी विधेयकको तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।


९. राष्ट्रिय समाचार समितिसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।


१०. २०८२ असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।


११. थाइल्याण्डको राजधानी बैंककमा २०८२ असार ४ गतेदेखि ६ गतेसम्म आयोजना हुने ज्ह्याण्ड इन ह्याण्ड इन्भेष्टमेण्ट डायलग फर एशिया एण्ड द प्यासिफिक विषयक कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति दिने।


१२. २०८२ असार २ गतेदेखि ९ गतेसम्म जर्मनीमा आयोजना हुने युनाइटेड नेशसन्स क्लाइमेट चेन्ज कन्फ्रेन्स एसबि ६२ मा सहभागी हुन वन तथा वातावरण मन्त्रालयका सचिवलाई स्वीकृति प्रदान गर्ने।


१३. मूल्य अभिवृद्धि कर (सत्ताइसौँ संशोधन) नियमावली, २०८२, अन्तःशुल्क (सत्ताइसौँ संशोधन) नियमावली, २०८२, आयकर (सोह्रौँ संशोधन) नियमावली, २०८२, भन्सार (सोह्रौँ संशोधन) नियमावली, २०८२स भन्सार महसुल (पहिलो संशोधन) नियमावली, २०८२ र मदिरा (चौथो संशोधन) नियमहरू, २०८२ स्वीकृत गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने। 

asteriskhubs
Home Page Bottom Second


maharjan complex