८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अब घरजग्गा किन्ने र बेच्ने दुवैपक्षले बैंक स्टेटमेन्ट पेश गर्नु पर्ने


प्रकाशित: बुधवार, २१ जेठ २०८२, १२ः४० बजे
- महानगरखबर

काठमाडौं । घरजग्गाको कारोवार गर्दा किन्ने र बेच्ने दुवै पक्षले अनिवार्य रुपमा बैंक स्टेटमेन्ट अनिवार्य रुपमा पेश गर्नु पर्ने भएको छ ।

 
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै भूमि सुधार तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो । 


पत्रमा भनिएको छ, ‘घर जग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्था (मालपोत) ले खरिदकर्ता बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्ने भएको छ । किन्ने र बेच्ने दुवै पक्षको बैंकमा ग्राहक पहिचान फारम पनि भरिएको हुनुपर्छ । 


यसअघि कारोबारको क्रममा डिपोजिट भौचर तथा गुड फर पेमेन्ट राख्नुपर्ने व्यवस्था थियो ।  डिपोजिट भौचर राख्ने गरे पनि सोही अनुसार वास्तविक कारोबार नहुने गरेकोले यस्तो व्यवस्था गरिएको हो । 


यसैगरी, घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागज पेस गरेमा दश लाख रूपैयाँभन्दा बढीको बैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा बैंकिङ वा विद्युतीय कारोबार प्रणाली मार्फत लेनदेन भएको विवरण समेत बैनाबट्टाको कागजसाथ पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।


अहिले पनि १० लाखभन्दा बढी रकमको कारोबारहरूलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार मालपोत, बैंक, ब्रोकर कम्पनी, बीमा कम्पनी लगायतका सूचक संस्थाले अनिवार्य सूचना पठाउनुपर्ने व्यवस्था छ ।


१० लाखभन्दा बढी रकमको कारोबारलाई सीमाभन्दा माथिको कारोबार मानिने व्यवस्था छ । 


सम्पती सुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा जारी गरिएको निर्देशन ऐन, २०८२ मा यस व्यवस्थाको उल्लेख रहको छ । 


घर जग्गा कारोवार गर्दाः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex