१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

रातो मच्छिन्द्रनाथको भोटोजात्रामा पाकेट मार्ने ७ जना पक्राउ


प्रकाशित: मंगलवार, २० जेठ २०८२, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । रातो मछिन्द्रनाथको भोटो जात्राको भिडमा पाकेटमारी गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेहरुमा दोलखाको भीमेश्वर नगरपालिका–२ घर भएका २७ वर्षीय राकेश फुयाँल, मोरङको बेलबारी नगरपालिका–६ का ३० वर्षीय पूर्ण कार्की, सुनसरीको दुहवी नगरपालिका–६ शिवटोलका ३५ वर्षीय मनोज शाह हलुवाई, मकवानपुरको बागमती गाउँपालिका–८ का २३ वर्षीय अनुप मगर, उदयपुरको बेलटार नगरपालिका–७ का २६ वर्षीय पवन मगर र जनकपुरकी ६७ वर्षीया सृष्टि चौधरी छन् ।


उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो । उनीहरुले १८ जेठमा भोटो जात्रामा दर्शन गर्न आउने भक्तजनहरुको नगद तथा मोबाइल चोरी गरेको आरोप छ ।


उनीहरुबाट प्रहरील ७ थान मोबाइल र नगद २१ हजार ५५५ रुपैयाँ बरामद गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex