३ भाद्र २०८३, बुधबार
Header

अब काठमाडौंको यी ३ स्थानमा मात्र प्रदर्शन गर्न पाईने


प्रकाशित: आइतवार, १८ जेठ २०८२, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि तीन वटा स्थान तोकेको छ । 


प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार अब काठमाडौंको  सिफल चौर क्षेत्र, कोटेश्वरको आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रमा प्रदर्शनका लागि स्थान तोकेको हो।


आइतबार बसेको जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले तीन वटा स्थानमा मात्रै प्रदर्शन गर्न सिफारिस गरको छ । 


यस स्थानमा बाहेक बढीमा दुई महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्था विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।


भोली सोमवारदेखि निषेधाज्ञा लागु हुने प्रशासन कार्यालले जनाएको छ ।  


‘मिति २०८२/०२/१९ गतेदेखि लागु हुने गरी देहायका स्थानमा बाहेक बढीमा २ (दुई) महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’ आदेशमा उल्लेख छ ।


यस्तै कार्यालयसँग समन्वय हुने कार्यक्रमको हकमा भने तोकिए बमोजिम हुने उल्लेख छ ।


यसअघि स्थान तोकेर निषेधित क्षेत्र घोषणा गरेकोमा यसपालि प्रदर्शन गर्ने स्थानहरू तोकेर काठमाडौं जिल्लाका बाँकी स्थानमा प्रदर्शन गर्न निषेध गरेको हो । 


विज्ञप्तीः

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex