काठमाडौं । आजै राजवादीहरुले राजसंस्थाको माग गर्दै काठमाडौंकको विभिन्न स्थानबाट जुलुससहित प्रदर्शन गर्ने भएको छ ।
रत्नपार्कस्थित शान्ति बाटिकामा हुने राजावादीको प्रर्दशन अघि विभिन्न स्थानबाट जुलुस निस्कने भएको छ । जुलुसको नेतृत्व राप्रपा, राप्रपा नेपाल, संयुक्त जनआन्दोलन समिति लगायतका नेताले गर्ने भएका छन् ।
मैतिदेबीबाट हुने विरोध र्यालीको नेतृत्व राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गर्ने भएका छन् भने चाबहिलस्थित सिफल चौरबाट सुरु हुने जुलुसको नेतृत्व राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा नेता पशुपतिशमशेर राणाले गर्नेछन् ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नारायणचौरबाट विरोध र्यालीको नेतृत्व गर्नेछन् । नयाँ बजारबाट सुरु हुने विरोध प्रदर्शनको नेतृत्व राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले गर्नेछन् ।
केशरबहादुर बिष्टको अगुवाईमा त्रिपुरेश्वरबाट विरोध र्याली सुरु हुने भएको छ । सबैतिरबाट आएको विरोध जुलुस शान्तिबाटिकामा पुगेर विरोध सभामा परिणत हुने आन्दोलनरत पक्षले जनाएको छ ।
Categorized in राष्ट्रिय