काठमाडौं । सरकारले आज विहिवार दिउँसो ३ बजे संघीय संसदको दुवै सदनमा बजेट प्रस्तुत गरिने भएको छ ।
सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको ।
बजेट प्रस्तुत अघि मन्त्रिपरिषदले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न गर्नेछ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुनेछ ।
आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
Categorized in राष्ट्रिय