८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कांग्रेसले भन्यो– गृहमन्त्रीको राजीनामा आउँदैन, विपक्षी भने राजीनामाको अडानमा


प्रकाशित: बुधवार, १४ जेठ २०८२, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक राजीनामा नआउने बताएका छन ।


कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार गृहमन्त्री राजीनामा पनि नआउने र  छानबिन समिति पनि नबन्ने भएको छ ।


आज बालुवाटारमा सत्ता साझेदार नेपाली कांग्रेस र एमालेको बालुवाटार बैठक पछि सो धारणा आएको हो । 


‘के छानबिन गर्ने ? गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन । किन छानबिन समिति बनाउने ?,’ घिमिरेले भने, ‘कर्मचारीमाथि प्रश्न उठ्दा गृहमन्त्रीको किन छानबिन हुने ? राजीनामा गर्नुपर्ने कारण के छ ? यो कुरा साँच्चै भन्ने हो भने मन्त्रीले जवाफ दिने पनि होइन ।’


भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै प्रतिपक्ष दलले उनको राजीनामा मागेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठक विपक्षीको विरोधले अवरुद्ध भएको थियो ।


यता नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूको बैठकले गृहमन्त्री  लेखकको राजीनामा माग गर्ने विषयलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।


बैठकमा नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपालगायत विपक्षी दलका नेताहरू सहभागी थिए।


भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्न माओवादी र रास्वपालगायत विपक्षी दलहरूले माग गर्दै आएका छन्।


माओवादी सांसद माधव सापकोटाका अनुसार विपक्षी दल बैठकले गृहमन्त्रीको राजीनामा माग्ने निष्कर्ष निकालेको बताए भने बजेटबारे सकारात्मक हुने निर्णय पनि भएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex