काठमाडौं । प्रहरीले मोबाइल लटुपाटमा संलग्न भएको आरोपमा काठमाडौंको टंकेश्वरबाट ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौंको कालिकाटीका २४ वर्षीय च्वाँचे भनिने सुरज थापा मगर, सोही ठाउँ बस्ने २४ वर्षकै सन्तोष तामाङ र धादिङको धुनिबेशी नगरपालिका–३ का १९ वर्षीय प्रवीन भण्डारी छन् ।

आइतबार मात्रै राति साढे ८ बजेतिर टंकेश्वरमा मोबाइल लुटेर भागेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले यसअघि पनि पटक पटक मोबाइल लुटपाट गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
Categorized in समाज