७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

‘सुथसिया निभाः जुयाः’ गीतको कभर प्रतियोगीता हुने 


प्रकाशित: आइतवार, ११ जेठ २०८२, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल भाषाको गीत  ‘सुथसिया निभाः जुयाः’ को कभर प्रतियोगीता हुने भएको छ ।


आयोजक संस्था कन्फराक्टीभ मिडिया सोलुसन प्रा.लि.ले शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीताबारे जानकारी दिए । 


गायक पुरुषोत्तम श्रेष्ठको नेपालभाषाको गीत ‘सुथसिया निभाः जुयाः’ यस अघि युटुवबाट रिलिज गरिएको थियो । 


नयाँ गायन प्रतिभाको खोजी गर्नुको साथै कला, संगीत क्षेत्रलाई चलायमान बनाइराख्ने उद्देश्यले प्रतियोगीताको आयोजना गरेको आयोजक संस्थाले जनाएको छ ।


प्रतियोगीताका संयोजक बिराजकाजी राजोपाध्यायले संसारभरीमा कुनै पनि भूगोल, वर्ग, समुदाय, क्षेत्रबाट प्रतियोगीतामा भाग लिन सकिने बताए ।

 
गायक श्रेष्ठकै युट्युब च्यानल Puru Shrestha मा भएको ‘सुथसिया निभाः’ गीतको काराओके ट्राएकमा गीत गाउँदै भिडियो बनाएर प्रतियोगीतामा भाग लिन सकिने आयोजक संस्थाले जनाएको छ ।


यस अवसरमा आफ्नो गीतको कभर प्रतियोगीता हुन लागेकोमा गायक श्रेष्ठले खुसी व्यक्त गरे ।


‘मेरो गीतमा यस्तो प्रतियोगीता हुन लागेको मेरो लागि धेरै खुसीको कुरा हो । आयोजक संस्थालाई म धन्यवाद दिन चाहन्छु र सबैलाई प्रतियोगीतामा सहभागी भइदिनु हुन अनुरोध छ’ श्रेष्ठले भने ।


आफुले गाएको भिडियो आयोजकलाई ईमेलबाट पठाउन आयोजक संस्थाले आग्रह गरेको छ ।


आउँदो असार ८ गतेसम्म प्राप्त भिडियोलाई प्रतियोगीतामा समावेश गरिने र प्राप्त भिडियोबाट प्रतिभावान चार गायक छानी गीत रेकर्डिङ, म्यूजिक भिडियो सूट, फोटो सूट, गिफ्ट ह्याम्पर लगायतका पुरस्कार दिइने आयोजक संस्थाले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex