९ भाद्र २०८३, मंगलबार
Header

निजामति सेवा विधेयकप्रति असुन्तुष्टि जनाउँदै मन्त्रालयमा कर्मचारीको धर्ना


प्रकाशित: आइतवार, ११ जेठ २०८२, १२ः०५ बजे
- महानगरखवर

काठमाडौं । निजामती कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन् ।


आइतवार सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरुले संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै धर्ना दिएको हो ।


प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको उनीहरुले बताउँदै आएका छन । 


उनीहरुले सेवाअवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभइ ५ बर्ष राख्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई एकपटकका लागि समायोजका लागि छनौटको अवसर दिनुपर्ने लगाएतका माग राखेका छन् ।


त्यस्तै स्थानीय  र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग रहेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उतम कटुवालले बताए ।


आफूहरुको माग सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।


फोटो क्रेडिटः NAN

asteriskhubs
Home Page Bottom Second


maharjan complex