१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको न्यूरोड क्षेत्र लगायत यी विभिन्न स्थानमा आज बत्ति जाने


प्रकाशित: शनिवार, १० जेठ २०८२, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको न्यूरोड क्षेत्र लगायत विभिन्न स्थानमा बत्ति जाने बताएको छ । 


आज शनिवार बानेश्वर र रत्नपार्क वितरण अन्तर्गत पर्ने विभिन्न स्थानमा विद्युत अवरूद्ध हुने जानकारी दिएको छ । 


प्राधिकरणका अनुसार फुलबारी मार्ग र कोटेश्वर क्षेत्रमा साढे ११ बजेदेखि २ बजेसम्म विद्युत अवरूद्ध हुने छ । 


त्यस्तै रत्नपार्क वितरण केन्द्रको खिचापोखरी फिडर, त्रिपुरेश्वर फिडर, भोटेबहाल फिडर र न्यूरोड फिडर पनि स्विचिङ सर्भिसिङका लागि सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ ।


ती फिडर अन्तर्गत पर्ने खिचापोखरी डबली, माछा बजार, आर। बि। कम्प्लेक्स, पुरानो नगरपालिका अगाडी सिद्धिचरण चोक एरिया, सुन्धारा नेपाल टेलिकम अगाडी, सेन्ट्रल जेल, महिला जेल, रङशाला,  सुन्धारा बागदरबार, भोटेबहाल, पिपलबोट,दक्षिणकाली मन्दिर, यंगाल चोक, ओम बहाल, लगन चोक, प्लानचोक भगवती, न्यूरोड संकटा, न्युरोड गेट, पिपल बोट, गोरखा पत्र संस्थान, भूगोल पार्क, दमकल गेट, वसन्तपुर डवली्, झोसे, ओमबहाल, हनुमानढोका लगायतका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।


प्राधिकरणले  बानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडर अन्तर्गत पर्ने फुलबारी मार्गमा ढल्न लागेको विद्युत पोल फेर्नका लागि फिडरमा पर्ने दुई वटा ट्रान्स्फर्मर सटडाउनमा राख्ने बताएको छ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex