१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सिटिजन बैंकमा सुन ठगी आरोपमा ५ पक्राउ


प्रकाशित: बुधबार, १३ भाद्र २०७५, १८ः५९ बजे
- महानगरखबर

काठमाडौं । सिटिजन बैंकको न्युरोड शाखामा सुन ठगी आरोपमा प्रहरीेले ५ जनालाई मंगलबार पक्राउ गरेको छ । 


पक्राउ पर्नेहरुमा सामिन शाक्य, २८ विन्देश शाक्य, अमितराज बज्राचार्य, लभ बराइली र उमेश राज बराइलीलाई रहेका छन् । उनीहरुमध्ये ३ जना बरिष्ठ सुन जाँचकी र दुई जना ऋणी रहेको प्रहरीले जनाएको छ । 


केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनीहरुालई बैंकिङ कसुरमा पक्राउ गरेको हो । 


बैंकको न्यूरोड शाखामा कार्यरत रहँदा उनीरुले सुन ऋणीहरुसँग साँठगाठ गरी धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने गरेको भेटिएको थियो साथै अपुग सुनसमेत राखी विभिन्न समयमा विभिन्न ऋणीहरुलाई ऋण प्रवाह गर्दा ७४९७.२८ ग्राम (७ किलो ४ सय ग्राम) सुन बराबरको अनियमितता भएको अनुसन्धानमा देखिएको थियो । 


ठगी गरिएको सुनको मूल्य २ करोड २८ लाख  ३८ हजार ४ सय बराबर हुन अनुसन्धानमा देखिएको छ । 


पक्राउ परेकाहरुमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धनको लागि उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex