काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानो बसर्पाक, बागजारबारका प्रहरी सहायक निरीक्षक केदारबाबु कार्कीलाई सम्मानसहित विदाई गरिएको छ ।
शुक्रवार सेवा केन्द्रले पुरानोबसपार्कस्थित कार्यालयमा चियापान तथा फेरि भेटौला कार्यक्रमको आयोजना गरि सई कार्कीलाई विदाई गरिएको हो ।
कार्यक्रममा सेवा केन्द्रका कार्यवहाक अध्यक्ष सुरेन्द्र शाही खड्गीले खादा ओढाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।

यस अवसरमा सेवा केन्द्रका प्रमुख सल्लाहकार मोहम्मद निजामुद्धिन, अध्यक्ष कमरुद्धिन मिया, महासचिव होम प्रसाद खड्गी, कोषाध्यक्ष विना तण्डुकारले खादा ओढाई सई कार्कीलाई सम्मान गरेका थिए ।
त्यसैगरी, सल्हाकाकार तथा पूर्व उपाध्यक्ष, निमित्ता प्रधान शाक्य, सह–सचिव अजय खड्गी, सदस्यहरु पूर्णबहादुर खड्गी, राधेश्याम तण्डुकार, विक्रम ताम्राकार, आशा महर्जन, भरत तण्डुकार, राजु राजकर्णिकार, महिला संयोजक निलु खड्गी लगायतले खादा तथा टिका लगाई विदाई तथा सम्मान गरे ।
सई कार्कीले सेवा केन्द्रमा १६ महिनासम्म डुयुटीमा रहदा गरेको कामको स्मरण गरिँदै वक्ताहरु पूर्णबहादुर खड्गी, कावा अध्यक्ष सुरेन्द्र शाही खड्गी, प्रमुख सल्लाहकार मोहम्मद निजामुद्धिन, महासचिव होम प्रसाद खड्गी, प्रहरी जवना लक्ष्मण खड्का लगायतले प्रशंसा गर्दै धन्यावाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सई कार्कीले पनि आफ्नो कार्यकालमा सहयोग गर्न हुने सबैलाई विशेष धन्यवा दिएका थिए ।
Categorized in समाज