१० भाद्र २०८३, बुधबार
Header

बृद्ध भत्ताको उमेर अब ७० बर्ष कायम गरिदै


प्रकाशित: शुक्रवार, ९ जेठ २०८२, १४ः१० बजे
- महानगरखवर

काठमाडौं । सरकारले बजेटमार्फत बृद्धभत्ता (जेष्ठ नागरिक भत्ता) को उमेर ७० बर्ष कायम गर्ने भएको छ । 


उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ का सुझाव कार्यान्वयनका लागि तयार गरिएको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भए अनुसार ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने उल्लेख छ ।


अहिले नेपालमा ६८ वर्ष पूरा भएका सबै ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन् । यसलाई बजेटबाटै ७० वर्ष कायम गर्ने तयारी सरकारले गरेको हो ।


यस अघि सरकारले आव २०७९/८० बाट वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको हो । त्यसअघि उमेर सीमा ७० वर्ष थियो ।


भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने समेत कार्ययोजनामा उल्लेख छ । यस्तो काम १ वर्षभित्रै गरिसक्ने समेत कार्ययोजनामा लेखिएको छ ।


यसबाट भत्ता पाउने उमेर ७० वर्ष कायम भएको हुने र राष्ट्रिय परिचय पत्रमा आवद्ध भएको हुने सम्भावित नतिजामा उल्लेख छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex