९ बैशाख २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

टुँडिखेलमा सुरु भयो सिप मेला २०८२, यी बिषयहरुको तालिम हुने


प्रकाशित: विहिवार, ८ जेठ २०८२, १३ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला २०८२ का कार्यक्रम सुरु गरेको छ । 


बुधवारदेखि टुँडिखेलमा सुरु भएको मेलाको अभिमुखीकरण कार्यक्रममा तालिमका लागि छनोट भएका १६ सय ४१ जना सहभागी भएको थियो । 


आज विहिवारदेखि बागबजारमा रहेको काठमाडौँ मोडल कलेजमा सैद्धान्तिक कक्षाहरु हुनेछन् । 


महानगरपालिकाले सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम सञ्चालन गरेको हो । 


मेलाबाट २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको महानगरपालिकाले जनाएको छ । 


महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिएको छ । 


१ सय घण्टे तालिमका लागि २९ सय २५ जना सहभागीलाई छनोट गरिएको छ । 


तालिम संयोजक देवेन्द्र के. सी.का अनुसार मेलामा १० वटा क्षेत्रका ४२ वटा पेशासँग सम्बन्धित तालिम सञ्चालन हुनेछन् । 


आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी १२ पेशा छन् । व्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (कृतिम कपाल बनाउने) सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) पेशा छन् । 


विशेष क्षमता सहयोगी तालिम (स्पेशल एविलिटी सपोर्ट स्किल) यस वर्ष थपिएको क्षेत्र हो । यसअन्तर्गत हाउस किपिङ् र केयर सर्भिस गरी २ वटा पेशाका तालिम चल्नेछन् । 
हाउस किपिङ् बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरुको सहजकर्ताका लागि हो । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ्, मोबाइल रिपेयरिङ् गरी ४ वटा पेशाका तालिम हुनेछन् । 


गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ् गरी २ वटा पेशाका तालिम हुनेछन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ्, मेसन, वेल्डिङ् र कार्पेन्ट्री गरी ५ पेशाका तालिम हुनेछ । 
हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र वेकरी गरी ४ पेशाका तालिम हुनेछ । अटोमोवाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी ३ वटा पेशाका तालिम सञ्चालन हुनेछ । आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी २ वटा पेशाका तालिम हुनेछ । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चल्नेछ । 


कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम हुनेछ । यस्तै स्टक मार्केट सम्बन्धी तालिम हुनेछ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex