१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

भक्तपुर प्रहरीले समात्यो नक्कली इन्स्पेक्टर 


प्रकाशित: विहिवार, ८ जेठ २०८२, १२ः३९ बजे
- महानगरखवर

काठमाडौं । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले नक्कली इन्स्पेक्टरलाई पक्राउ गरेको छ । 


प्रहरीको बर्दी लगाएर सर्वसाधारणलाई आतंकित बनाउने नक्कली इन्स्पेक्टर बताउने २३ वर्षीय सुजन गिरीलाई पक्राउ गरेको हो । 


भोजपुरको साल्पासिसलिछो गाउँपालिकाका गिरीले फेसबुकमा इन्स्पेक्टरको बर्दी लगाएको तस्बिर राखेर मान्छेलाई झुक्याउँदै आतंकित पार्ने काम गरेको परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी ढुण्डिराज नेउपानेले बताए ।

 


उनले ६ जेठमा राति साढे ९ बजेतिर मध्यपुर ठिमी नगरपालिका–२ दिव्यश्वरी भुटु रेस्टुरेन्ट अगाडि आफू प्रहरीको इन्स्पेक्टर भएको बताउँदै बर्दी लगाएरको तस्बिर समेत देखाएर आतंकित पारेको आरोप छ ।


प्रहरी वृत्त भक्तपुर ठिमीको हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex