५ भाद्र २०८३, शुक्रबार
Header

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख पाण्डेलाई सोधियो स्पष्टीकरण


प्रकाशित: मंगलवार, ६ जेठ २०८२, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । 


महानगर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालयमा आफु हाजिर गर्न आउँदा अवरोध गरेको विषयमा स्पष्टीकरण सोधिएको हो। 


‘म हाजिर गर्न आउँदा भएको घटनालाई लिएर उहाँमाथि स्पष्टीकरण सोधिएको हो,’ उनले भने, ‘७ दिनको लागि समय दिइएको छ । ‘कानुनमा जसको मातहत रह्यो त्यहीअनुसार गर्नुपर्ने हो,’ गुरागाईंले भने, ‘अहिलेसम्म सबै अवस्था बुझेर त्यो दिनको घटनालाई लिएर स्पष्टीकरण सोधिएको हो ।’’ 


महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी महानगरको प्रमुख प्रशासकीय अधिकृत मातहत परिचालन हुने व्यवस्था छ । गत पुस ७ देखि बिदामा रहेका गुरागाईं चैत २१ गते कार्यालय हाजिर गर्न जाँदा नगर प्रहरी बलका प्रमुख पाण्डेले अवरोध पुर्‍याएका थिए ।


उनले प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडीमा ’ह्विल लक’ गरिएको, कार्यालय प्रवेशमा अवरोध गरिएको, जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरिएको, प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाइएको र हाजिर पुस्तिका कब्जामा लिइएको विषयमा स्पष्टीकरण सोधिएको बताए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex