काठमाडौं । आज विहान काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन गल्लीको घरमा आगलागी मृत्यु भएकाको पहिचान खुलेको छ ।
आगलागी भएको घरको चौथो तल्लामा बसोवास गर्दै आएकी काभ्रे घर भएकी ८० बर्षिया बृद्धा बिष्ण अधिकारी रहेको घट्नास्थाल खटेकी प्रहरी अधिकारीले बताएका छन ।
उनी नाङ्लोमा सामान राखेर बेच्ने काम गर्दै आएको खुलेको छ ।
खाना पकाउने ग्यास लिक भएर आगो फैलिएको आगोले सँगैका अरु घरहरुलाई समेत आगो फैलिएको थियो ।
दयाराम श्रेष्ठको घरको तेस्रो तल्लाबाट आगलागी सुरू भएको थियो । घरमा लागेको आगो निभाउने क्रममा उनको शव फेला परेको थियो ।
प्रहरीका अनुसार उनका श्रीमानको पनि चैतमा मृत्यु भएको थियो ।
Categorized in समाज