१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

जेठ महिनाको लागि बैंकहरुले तोके व्याजदर


प्रकाशित: बुधवार, ३१ बैशाख २०८२, १०ः१४ बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका छन । 


व्यक्तिगत मुद्दतीमा लागि तीन वटा बैंक नेपाल, एभरेस्ट र सानिमाले वैशाखको तुलनामा जेठमा सामान्य बढाएका छन भने तीन बैंक तीन बैंक नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र सिद्धार्थले सामान्य घटाएका छन ।


१४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर जेठ महिनाका लागि पनि यथावत राखेका छन ।


व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर नेपाल बैंकले ५.४५ प्रतिशत तोकेको छ भने सबैभन्दा धेरै ब्याजदर एभरेस्टले ६.६४ प्रतिशत तोकेको छ ।


जेठ महिनामा व्यक्तिगत मुद्दतीमा बैंकले तोकेको अधिकतम ब्याजदर यस्तो रहेको छः 


एसबीआई बैंक, हिमालयन, इन्भेस्टमेन्ट मेगा ५.५ प्रतिशत व्याजदर तोकेको छन भने बैशाखमा इन्भेष्ट मेगाले ६.५ प्रतिशत तोकेको थियो ।

    
कृषि विकास बैंकले ५.५१ प्रतिशत, सिटिजनले ५.६५, लक्ष्मी सनराइज ५.७५, नबिल ५.७५, सिद्धार्थ ५.७५ तोकेको छ बैशाखमा सिद्धार्थको ६ प्रतिशत रहेको थियो । 


त्यसैगरी, कुमारी ५.९१ ,ग्लोबल आईएमई६, मा छापुच्छ्रे    ६, राष्ट्रिय वाणिज्य ६, प्रभु    ६.१, प्राइम कमर्सियल    ६.२५, स्टान्डर्ड चार्टर्ड ६.२५, सानिमा ६.३३, एनएमबी    ६.६, एनआईसी एसिया    ६.६, एभरेस्ट६.६४ व्याजदर तोकेको छ । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex