२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सुन्धारामा दुई मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु


प्रकाशित: सोमबार, २९ बैशाख २०८२, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको सुन्धारस्थित काठमाडौं मल अगाडी दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।


सोमवार विहान भएको उक्त  दुर्घटनामा परेर मोटरसाइकल चालक तनहुँको आँबुखैरेनी नगरपालिका–५ घर भएका ४६ वर्षीय सन्तोष कुमार गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार बा.३४ प ४३२० नम्बर र रा. ७ प ८७९५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।


दुर्घटनामा परेर गम्भीर घाइते भएका  गुरुङको उपचारका ै राष्ट्रिय ट्रमा सेन्टर मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परेर सोही मोटरसाइकलमा सवार अर्का एक जना पनि गम्भीर घाइते भएका छन । उनको ट्रमा सेन्टरमै उपचार भइरहेको छ ।


अर्को मोटरसाइकलमा सवार चालकको पनि उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex