काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिना (साउनदेखि चैत) सम्ममा करिब १२ खर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ ।
चैतसम्ममा ११ खर्ब ९१ अर्ब रूपैयाँ बराबर रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को नौ महिना (साउनदेखि चैत)मा भने १० खर्ब ८२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो अवधिमा रेमिटेन्स भित्रिने दर १०.०७ प्रतिशतले बढेको हो ।
चैत एक महिनामा मात्रै भने एक खर्ब ३९ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ ।
यता यो नौ महिना (साउनदेखि चैत)मा ७ अर्ब ४२ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ । गत वर्षको पहिलो नौ महिनामा ५ अर्ब ११ करोड रूपैयाँ बाहिरिएको थियो।
नौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.७६ प्रतिशतले बढेको छ ।
गत आवको नौ महिनामा ५ लाख ३९ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या ६ लाख ७ हजार पुगेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिना (साउनदेखि चैत)सम्म मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब ४६ अर्बले धेरै भएको छ ।
Categorized in बैंक