काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएका विद्यालयमा नेपाली भाषा बोलेको दण्डीत गरेकोमा ध्यानकर्षण भएको जनाएको छ।
‘यस महानगरपालिका अन्तर्गतका शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएका केही विद्यालयहरूले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भन्ने गुनासो प्रति यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।’ जारी सुचनामा उल्लेख छ ।
यदि कुनै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिएको जनाएको छ ।
काठमाडौं महानगरको पत्रः

Categorized in राष्ट्रिय