१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

ललितपुरको हात्तीवनमा बिजुलीको पोलमा कार ठोक्किदा ३ जना घाइते


प्रकाशित: सोमवार, २२ बैशाख २०८२, १४ः२० बजे
- महानगरखवर

काठमाडौं । गएराती ललितपुरको हात्तीवनमा  कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा ३ जना घाइते भएको छन ।


ललितपुर महानगरपालिका–२८  स्थित सातदोबाटो–हात्तीवन सडकको ओरालोमा गएराति ११ः१० बजेतिर उक्त घट्ना भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 


बा १५ च ७७६५२ नम्बरको गाडी अनियन्त्रित भएपछि बिजुलीको पोलमा ठोक्किदा बिजुलीको पोल नै भाँचिएको छ । भाँचिएपछि सडकको बीच भागमा अडिएको छ । 


ललितपुर प्रहरी परिसरका एसपी चक्रराज जोशीका अनुसार कारमा चालकसहित चार जना सवार रहेकोमा चालक रूपक सापकोटा बाहेक अरु सबै गभ्भीर घाइते भएका छन ।


दुर्घटना हुँदा विशाल विक, अमरध्वज पौडेल र मुसेस लामिछाने गम्भीर घाइते भएका छन् । 


एसपी जोशीका अनुसार चालक सापकोटाले मापसे गरेको भेटिएको छ । पोल भाँचिएको तर्फको सडकमा सवारी गुड्न रोक लगाइएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex