२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

स्यस्यः समाज यलले ११ औं स्थापना दिवस मनाउँदै


प्रकाशित: विहिवार, १८ बैशाख २०८२, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । स्यस्यः समाज यलले बैशाख २० गते ललितपुरमा आफ्‌नौ ११ औं पलिस्थापना (स्थापना) दिवस भव्य रुपमा मनाउने भएको छ । 


हिजो बुधवार पाटनमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष नविन मंगल जोशीले कार्यक्रमबारे विस्तृत जानकारी दिएका छन । 


२० गते शनिवार पाटनस्थित अशोक पार्टी प्यालेसमा विहान ११ बजे देखि औपचारिक कार्यक्रम हुने अध्यक्ष जोशीले बताए । 

 


उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आथित्यमा हुने उक्त कार्यक्रममा समाजका एक जना प्रतिष्ठित व्यक्तिलाई सम्मान गरिने भएको छ ।


त्यसैगरी, उत्कृष्ट इलाका घोषणा गर्ने, १२ कक्षा अन्तर्गत विज्ञान, मानविकी तथा व्यवस्थापनमा उच्च अंक ल्याउने छात्र वा छात्रालाई छात्रबृती प्रधान गरिने अध्यक्ष जोशीले जानकारी दिए । 


औपचारिक कार्यक्रम अघि विहान १० बजे मंगलबजारमा भेला भई सोही स्थानबाट र्‍याली सुरु भई नगरको मुख्य मुख्य क्षेत्रको परिक्रममा गरी कार्यक्रम स्थल पुग्ने कार्यक्रम समेत रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex