काठमाडौं । एमनेस्टी इन्टरनेसनलले नेपालमा मानव अधिकारको अवस्था खस्किएको उल्लेख गरेको छ ।
‘मानव अधिकारको अवस्थामा सन् २०२४ संतोषजनक रहेन’ प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टी इन्टरनेसनलको नेपालका निर्देशक निराजन थपलियाले भने, ‘सरकार नै आलोचनालाई दबाउने कार्यमा देखा पर्यो ।’
प्रदर्शनकारीहरूमाथि प्रतिबन्ध लगाएर, गैरकानुनी बल प्रयोग गरेर र प्रदर्शनकारीहरूलाई बलपूर्वक तितरबितर पार्ने र हिरासतमा लिने कार्य गरेर सरकारले नै आलोचनालाई दबाउने प्रवृत्ति बढेको छ ।
प्रदर्शनका लागि निषेधित क्षेत्र तोक्ने क्रम पनि बढेको,अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास, पत्रकारमाथी कुटपिट र धम्की, दण्डहीनता बढेको छ ।
महिला र बालबालिकामाथि हिंसा जारी ,जातीय हिंसा नरोकिएके, थुनुवाको अधिकार उल्लंघन लगायत रहेको छ ।
Categorized in राष्ट्रिय