३० श्रावण २०८३, शनिबार
Header

सडकमा एक व्यक्ति कुटपिट गर्ने ट्राफिकहरुलाई कार्वाही, घट्ना मंसिरको 


प्रकाशित: विहिवार, ११ बैशाख २०८२, २०ः२५ बजे
- महानगरखवर

काठमाडौं । अहिले सामाजिक सञ्जालमा भाईरल भएको ट्राफिक प्रहरीबाट कुटपिट भएकोमा संलग्न चार जना ट्राफिक प्रहरीलाई कार्वाही गरिएको छ । 


काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीका अनुसार सर्वसाधारणलाई बीच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् ।


उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको छ । 


गिरीका अनुसार ती व्यक्तिमाथि काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो । साथै, घटना गत मंसिर ११ गतेको रहेको पनि प्रवक्ता गिरीले जानकारी दिए ।


उनीहरू चार जनालाई नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय झिकाएर आवश्यक अनुसन्धान भइरहेको छ ।


भाइरल भिडियोमा ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ । कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex